ad ad

बागमती


काठमाडौंमा अब कक्षा १० सम्मै दिवा खाजा, महानगरले छुट्यायो रकम

काठमाडौंमा अब कक्षा १० सम्मै दिवा खाजा, महानगरले छुट्यायो रकम

नेपालखबर
भदौ १, २०८० शुक्रबार २२:१६, काठमाडौँ

काठमाडौं महानगरपालिले नगर क्षेत्रभित्रका सामुदायिक विद्यालयका कक्षा १० सम्मकै बालबालिकालाई दिवा खाजाको व्यवस्था गर्ने भएको छ।

त्यसका लागि प्रतिविद्यार्थी दैनिक ३० रुपैयाँ छुट्याइएको महानगरपालिकाले जनाएको छ।

संघीय सरकारले देशभरका सामुदायिक विद्यालयका कक्षा ६ सम्मका बालबालिकालाई दिवा खाजा खुवाउन प्रतिविद्यार्थी दैनिक १५ रुपैयाँ बजेट विनियोजन गर्दै आएको छ।

सो रकममा थप गर्दै महानगरले कक्षा १० सम्मकै विद्यार्थीका लागि रु ३० छुट्याइएको जनाएको छ। 

‘प्रस्तुत बिषयमा यस काठमाडौं महानगरपालिकाभित्र सञ्चालित सामुदायिक विद्यालयमा प्रारम्भिक बालविकास देखि कक्षा ५ सम्म अध्ययनरत विद्यार्थीहरुका लागि संघीय सशर्तबाट रु. १५ ।- र महानगरबाट थप रु. १५ । - गरी प्रति विद्यार्थी प्रतिदिन जम्मा रु.३०।- साथै कक्षा ६ देखि कक्षा १० सम्म अध्ययनरत विद्यार्थीहरुका लागि महानगरबाट प्रति विद्यार्थी प्रतिदिन रु.३०।- उपलब्ध गराउँने आ.व.२०८०/०८१ को स्वीकृत कार्यक्रम रहेको हुँदा मिति २०८० भाद्र महिनादेखि सोही बमोजिम दिवा खाजा व्यवस्थापन गर्नुहुन अनुरोध छ,’ महानगरले भनेको छ।

महानगरको कार्यपालिका बैठकले संघीय सरकारले उपलब्ध गराउने रकममा १५ रुपैयाँ थपेर खाजाको बजेट ३० रुपैयाँ पुर्‍याउने निर्णय गरेको हो।

जसअनुसार महानगरको शिक्षा विभागले भदौदेखि नै उक्त निर्णय कार्यान्वयन गर्न विद्यालयहरूलाई सर्कुलर गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .