ad ad

बागमती


बागमती मन्त्रिपरिषद् बैठक बस्दै, विना विभागीय मन्त्रीलाई जिम्मेवारी दिइने

बागमती मन्त्रिपरिषद् बैठक बस्दै, विना विभागीय मन्त्रीलाई जिम्मेवारी दिइने

नेपालखबर
भदौ ५, २०८० मंगलबार १५:१६, काठमाडौँ

बागमती प्रदेशको मन्त्रीपरिषद् बैठक आज बस्दै छ। आज (मंगलबार) अपरान्ह्न ४ बजे बैठक डाकिएको प्रदेशका आन्तरिक तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिए।

आज बस्न लागिएको बैठकले बिना विभागीय मन्त्री रामकृष्ण चित्रकारलाई विभागीय जिम्मेवारी दिने निर्णय गर्ने प्रदेश सरकारका प्रवक्ता समेत रहेका मन्त्री श्रेष्ठको भनाइ छ। 

गत जेष्ठ ७ गते मन्त्री पदको सपथ खाएका चित्रकार हालसम्म पनि विभाग विहिन रहेका थिए। ११ मन्त्रालय रहेको बागमतीमा दलगत भागवन्डा मिलाउन १२ जना मन्त्री नियुक्त गरिएको थियो।

मन्त्रालय भन्दा मन्त्रीको संख्या बढी हुँदा मन्त्रालयको संख्या थप गर्नुपर्ने कारण कांग्रेस बागमती प्रदेश संसदीय दलका उपनेता समेत रहेका चित्रकार लामो समयसम्म विभागविहीन थिए। 

यदी आजको क्याबिनेट बैठकले उनलाई विभागीय जिम्मेवारी दिएको खण्डमा ९१ औं दिनमा उनले बिभागीय जिम्मेवारी पाउने छन्।

त्यसोत, मन्त्री चित्रकारलाई उद्योग तथा सामान्य प्रशासन मन्त्रालय दिने निर्णय गत साउन २१ गते भइसकेको थियो। काठमाडौंमा बसेको प्रदेश स्तरीय सत्ता गठबन्धनका नेताहरुको बैठकले उक्त निर्णय गरिसकेको थिया।

तर क्याबिनेट बैठकले उक्त निर्णय नगर्दा पदभार ग्रहण गर्न पाएका थिएनन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .