ad ad

बागमती


वैदेशिक रोजगारीमा पठाइदिन्छु भनी लाखौँ ठगी गरेको आरोपमा काठमाडौंमा समातिए ३ जना

वैदेशिक रोजगारीमा पठाइदिन्छु भनी लाखौँ ठगी गरेको आरोपमा काठमाडौंमा समातिए ३ जना

फाइल तस्बिर


रासस
भदौ ७, २०८० बिहिबार ६:४६, काठमाडौँ

वैदेशिक रोजगारीका लागि सर्बिया र इटाली पठाइदिने भन्दै लाखौँ रकम ठगी गरेको आरोपमा तीनजना बुधबार पक्राउ परेका छन्। 

पक्राउ पर्नेमा सर्लाही लालबन्दी नगरपालिका–१२ स्थायी घर भई हाल भक्तपुर सूर्यविनायक नगरपालिका–४ दधिकोट बस्ने २७ वर्षीय सुमन बुढाथोकी तथा इलाम सूर्योदय नगरपालिका–१४ घर भई हाल काठमाडौँ कागेश्वरी मनहरा नगरपालिका–९ बस्ने ३० वर्षीय छविलाल अधिकारी रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिए।

उनका अनुसार पक्राउ परेकाले विनोद श्रेष्ठलाई वैदेशिक रोजगारीका लागि सर्बिया पठाइदिने र त्यसका लागि प्रतिव्यक्ति रु ६ लाख ५० हजार लाग्ने तथा सर्बिया पुगेपछि कृषि फार्म काम लगाइदिने र मासिक रु ५० हजारभन्दा धेरै तलब हुन्छ भनी विश्वास दिलाइ प्रलोभनमा पारी निज पीडितबाट पटकपटक गरी जम्मा रु एक लाख ५० हजार रकम लिई सम्पर्कविहीन भई ठगी गरेको उजुरीका आधारमा बुधबार सामाखुसीबाट पक्राउ गरिएको हो। 

यसैगरी वैदेशिक रोजगारीका लागि इटाली पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा कालीकोट तिलागुफा नगरपालिका–३ घर भई हाल जिल्ला काठमाडौँ कीर्तिपुर नगरपालिका–५ बस्ने ५२ वर्षीय विष्णुरिषी पाण्डेलाई पनि प्रहरीले पक्राउ गरेको छ। 

निजले तीर्थबहादुर थापालाई वैदेशिक रोजगारीको लागि इटाली पठाइदिन्छु त्यसको लागि रु आठ लाख लाग्ने तथा इटाली पुगेपछि पेट्रोलपम्पमा काम लगाइदिने भन्दै विश्वास दिलाई निज पीडितबाट पटकपटक गरी जम्मा रु चार लाख २५ हजार रकम लिई सम्पर्कविहीन भई ठगी गरेको उजुरीका आधारमा पक्राउ गरिएको हो। 

पक्राउ परेका तीनै जनाबारे थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहचल, काठमाडौँ पठाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .