ad ad

बागमती


काठमाडौंमा बसभित्र पाकेटमारी गरिएको २५ हजारसहित ५ जना पक्राउ

काठमाडौंमा बसभित्र पाकेटमारी गरिएको २५ हजारसहित ५ जना पक्राउ

पाकेटमारी गरिएको रकमसहित पक्राउ परेका ५ जना।


नेपालखबर
भदौ ११, २०८० सोमबार १३:३२, काठमाडौँ

काठमाडौंमा सोमबार सार्वजनिक बसका यात्रुबाट पाकेटमारी गरिएको रकमसहित प्रहरीले ५ जनालाई पक्राउ गरेको छ। 

भक्तपुर–कलंकी चल्ने बा ३ ख २४४४ नम्बरको बस बल्खु आइपुग्दा दुई यात्रुको २५ हजार रुपैयाँ गायब भएपछि प्रहरीले चेकजाँच गर्दा उक्त रकमसहित ५ जना पक्राउ परेका हुन्। 

उक्त बसमा यात्रारत रौतहट घर भई हाल काठमाडौंको जडीबुटीमा डेरा गरी बस्ने ३५ वर्षीय इनरजित शाहको १५ हजार र सोही ठाउँमा डेरा गरी बस्ने २५ वर्षीय शिव पुजन शाहको १० हजार रुपैयाँ पाकेटमारी गरिएको हो। 

घटनाबारे जानकारी पाएपछि प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरी टोलीले चोरिएको रकमसहित ५ जनालाई नियन्त्रणमा लिएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .