ad ad

बागमती


विराटनगरबाट काठमाडौं आइरहेको कारबाट २० किलो चाँदी बरामद

विराटनगरबाट काठमाडौं आइरहेको कारबाट २० किलो चाँदी बरामद

नेपालखबर
भदौ १३, २०८० बुधबार ११:२१, काठमाडौँ

प्रहरीले बिराटनगरबाट काठमाडौं आइरहेको एक निजी कारबाट २० किलो चाँदी बरामद गरेको छ।

बा.प्र.०१-०२५ च १०६९ नम्बरको कार चेकजाँच गर्ने क्रममा चालक पछाडिको सिटमुनि नाइलनको सेतो पहेँलो रङको झोलामा कालो प्लाष्टिक भित्रबाट उक्त परिमाणको चाँदी बरामद भएको हो।

बीपी राजमार्गअन्तर्गत सिन्धुलीको गोलन्जोर गाउँपालिका-५ मा प्रहरी चौकी गढीको टोलीले सेतो ४ वटा प्लाष्टिकमा चाँदी जस्तो देखिने करिब २० किलो बरामद गरेको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

प्रहरीले उक्त चाँदी, कार, चालक र गाडीमा सवार सप्तरीको राजविराज न नगरपालिका-८ घर भई हाल मोरङको बिराटनगर महानगरपालिका-४ बस्ने ३७ वर्षीय शेचन मानन्धरसहितलाई नियन्त्रणमा लिएको छ।

उनीहरुलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा राखेर थप अनुसन्धान भइरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .