सत्तारुढ नेकपा माओवादी केन्द्रले काठमाडौंको गोंगबु बसपार्कमा शनिबार बिहान रक्तदान तथा स्वास्थ्य शिविर कार्यक्रम आयोजना गरेको छ।
तीनमहिने जनतासँग माओवादी विशेष रूपान्तरण अभियानअन्तर्गत सो कार्यक्रम आयोजना गरिएको हो।
माओवादी काठमाडौं महानगर २६ नम्बर वडाद्वारा आयोजित रक्तदान र स्वास्थ्य शिविरको सो पार्टीका उपहमासचिव एवं उपत्यका विशेष प्रदेश इन्चार्ज वर्षमान पुन अनन्तले उद्घाटन गरे।
संगठन सुदृढीकरण र विस्तारका लागि माओवादीले आज देशभरका ६ हजार ७४३ वडामा एकसाथ अभियान सुरु गरेको हो।
माओवादीले पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्मलाई वडावडाको जिम्मेवारी दिएर अभियानमा खटाएको छ।
27
Shares
प्रतिक्रिया