भक्तपुरमा नवजात शिशुको शव फेला परेको छ।
भक्तपुर नगरपालिका-१ सिर्जनानगर यातायात व्यवस्था विभाग पछाडि हनुमन्ते खोला किनारमा २/३ दिनको जस्तो देखिने शिशुको शव भेटिएको हो।
प्रहरीका अनुसार शिशुको सालनालसहितको शव फेला परेको हो। घोप्टो परेको अवस्थामा शिशु मृत अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
प्रहरी वृत्त जगाती भक्तपुरबाट अनुसन्धान अधिकृतसहितको टोली खटिई घटनास्थल लासजाँच मुचुल्का गरेको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
102
Shares
प्रतिक्रिया