चितवनमा अलग–अलग बोराभित्र पोको पारेको अवस्थामा भेटिएका महिला र पुरुषका शव अझै पहिचान हुन सकेको छैन।
यही मंसिर ६ गते दिउँसो भरतपुर महानगरपालिका वडा नम्बर ९ मिलनचोकस्थित कल्भर्टमा छुट्टाछुट्टै बोराभित्र महिला र पुरुषका दुई शव फेला परेका थिए।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार ७७ वटै जिल्लालगायत सीमावर्ती भारतीय जिल्लामासमेत हुलिया परिपत्र गर्दा मृतकको सनाखत हुन नसकेको हो।
शव पोस्टमाटमका लागि भरतपुर अस्पतालमा राखिएका छन्।
252
Shares
प्रतिक्रिया