ad ad

बागमती


बागमती प्रदेशको सर्वदलीय बैठक सुरु

बागमती प्रदेशको सर्वदलीय बैठक सुरु

नेपालखबर
मंसिर १७, २०८० आइतबार १४:४३, मकवानपुर (हेटौँडा)

बागमती प्रदेशको सर्वदलीय बैठक सुरु भएको छ। प्रदेश संसदीय समितिको सभापति चयनका गर्ने विषयमा छलफल गर्न मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले सर्वदलीय बैठक आव्हान गरेका हुन्।

बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेटौंडामा प्रदेशका मन्त्रीहरूसँगको छलफलपछि मुख्यमन्त्री जम्कट्टेलले सर्वदलीय बैठक आह्वान गरेका हुन्।

प्रदेशको वर्तमान राजनीतिक अवस्था र संसदीय समितिको विषयमा छलफलका लागि बैठक आह्वान गरिएको मुख्यमन्त्री जम्कट्टेललेको भनाइ छ।

उनका अनुसार लामो समयसम्म सभापति विहिन रहेको प्रदेशसभा समितिलाई पूर्णता दिनका लागि सर्वदलीय बैठक आह्वान गरिएको हो।

बैठकमा नेपाली काङ्ग्रेस, राप्रपा, हाम्रो नेपाली पार्टी, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी सहभागी छन्। नेपाल मजदुर किसान पार्टी भने बैठकमा सहभागी भएको छैन।

यता, समितिको सभापतिमा सबै राजनीतिक दलहरुको आ–आफ्नै दाबी रहँदा सभापति चयनको विषय नै पेचिलो बन्ने देखिन्छ।

त्यसोत, प्रदेशमा रहेका सात राजनीतिक दलहरुलाई नै भाग पु¥याउने उदेश्यले दुईवटा समिति थप्ने तयारीमा मुख्यमन्त्री जम्मट्टेल रहेको समेत चर्चा छ।

यद्यपी, हाल उक्त विषयको छलफल सुरु नभएको मुख्यमन्त्री जम्मकट्टेलको दाबी छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .