ad ad

बागमती


यस वर्ष अहिलेसम्मकै चिसो भएको काठमाडौँको तापक्रम थप घट्यो

यस वर्ष अहिलेसम्मकै चिसो भएको काठमाडौँको तापक्रम थप घट्यो

नेपालखबर
मंसिर २४, २०८० आइतबार १०:१०, काठमाडौँ

काठमाडौँ उपत्यकामा आज (आइतबार) यस वर्ष अहिलेसम्मकै चिसो भएको छ। 

मौसम पूर्वानुमान महाशाखाले आज बिहान ८:४५ बजे सार्वजनिक गरेको विवरणअनुसार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस भएको हो। यो यस वर्ष अहिलेसम्मकै कम तापक्रम भएको मौसमविद् सञ्जीव अधिकारीले बताए। 

यसअघि आजै बिहान ६:४५ बजे काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ६.२ डिग्री सेल्सियस देखिएकामा अहिले अझ घटेर ६ डिग्री सेल्सियस मात्र भएको हो।

आजको आधिकारिक न्यूनतम तापक्रम यही हुने मौसमविद् अधिकारीको भनाइ छ।  

बिहान तुवाँलो लागेको काठमाडौँ उपत्यकामा अहिले भने घाम लागेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .