ad ad

बागमती


जम्मकट्टेल नेतृत्वको बागमती सरकार एक वर्ष पूरा : ६३ पृष्ठको प्रगति विवरण सार्वजनिक

जम्मकट्टेल नेतृत्वको बागमती सरकार एक वर्ष पूरा : ६३ पृष्ठको प्रगति विवरण सार्वजनिक

तस्बिर : नेपालखबर


नेपालखबर
पुस २५, २०८० बुधबार १६:५०, हेटौंडा

बागमती प्रदेश सरकारको दोस्रो कार्यकाल सुरु भएको बुधबार (आज) १ वर्ष पूरा गरेको छ।

धादिङबाट निर्वाचित नेकपा माओवादी केन्द्रका सांसद शालिकराम जम्मकट्टेल २५ पुस २०७९ मा मुख्यमन्त्री नियुक्त भएका थिए।

तत्कालीन नेकपा एमाले, राप्रपा र माओवादीको गठबन्धनबाट मुख्यमन्त्रीमा नियुक्त भएका जम्मकट्टेलले १ वर्षे कार्यकाल पूरा गरेका हुन्। 

यसबीचमा ५ पटकसम्म मन्त्रिपरिषद् विस्तार, दुईपटकसम्म विश्वासको मत लिनुपर्ने झन्झट तथा फरक फरक दलहरुसँगको सहकार्यको चुनौती भोगेका मुख्यमन्त्री जम्मकट्टेलको यो यात्रा सकसपूर्ण नै बित्यो।

पहिलो सत्तागठबन्धन दलको सहकार्यमा तीनवटा मन्त्रालय घटाएका उनलाई कांग्रेस, एकीकृत समाजवादी सँगको सहकार्यको सरकारले एक मन्त्रालय बढाउनै पर्ने सकस सिर्जना गरिदियो। 

आफ्नै निर्णयमा हार खाएका मुख्यमन्त्री जम्मकट्टेल नेतृत्वको सरकारले एक वर्षे कार्यकाल पूरा गरेपछि यस अवधिमा प्रदेशका १२ मन्त्रालयले गरेका कार्यप्रगतिको विवरण बुधबार पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको हो। ६३ पानाको एउटै किताब तयार पारेको प्रदेश सरकारले मन्त्रालय तथा संरचना गत कार्य विवरण बनाएर सार्वजनिक गरेको छ। 

यस्तो छ कार्य प्रगति
प्रदेशमा बसोबास गर्ने लोपोन्मुख सीमान्तकृत जातिहरू, क र ख वर्गका तया अपाङ्गता भएका व्यक्तिहरू, आश्रममा आश्रित असहाय नागरिकहरू र महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुको स्वास्थ्य बीमाको प्रिमियम प्रदेश सरकारले व्यहोर्ने व्यवस्था गरेकोमा हालसम्म ६३७ परिवार संख्या आबद्ध भएको बताइएको छ। 

यस्तै, जनस्वास्थ्य प्रयोगशाला, धुलिखेलको सेवालाई स्वास्थ्य कार्यालय चितवनमा सेवा एकाईका रूपमा विस्तार गरी हालसम्म ३४०० सेवाग्राहीलाई सेवा प्रदान गरिएको छ।

स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रबाट मेलम्ची अस्पतालमा एउटा एम्बुलेन्स तथा बकूलहर रत्ननगर अस्पताल, चितवन, रामेछाप अस्पताल, चौतारा अस्पत सिन्धुपाल्चोक, सिन्धुली अस्पताल, पशुपति चौलागाईं अस्पताल, दोलखा र रसुवा अस्पताल गरी सातवटा अस्पतालहरुमा शव बाहन वितरण गरी स्वास्थ्य क्षेत्रमा नागरिकको पहुँच पुर्‍याइएको उल्लेख छ। सिन्धुली जिल्लालाई पूर्ण खोप सुनिश्चित तथा दीगोपन घोषणा गरिएको बताइएको छ। 

यस्तै, राजस्व प्रणालीलाई व्यवस्थित बनाई राजस्वका नयाँ आधार पहिचान गर्ने कार्यलाई विशेष प्राथमिकता दिइएको प्रदेश सरकारले जनाएको छ।

२०८० साउनदेखि २०८० मङ्सिरसम्म चालूतर्फ ५ अर्ब १५ करोड, पूँजीगत तर्फ २ अर्व ६९ करोड खर्च भएको बताइएको छ।

२०७९ पौषदेखि असार २०८० सम्ममा बाँडफाँटबाट प्राप्त हुने राजस्व तर्फ १३ अर्ब ७६ करोड, संघीय सरकारबाट प्राप्त अनुदानतर्फ १२ अर्ब ६ करोड, प्रदेशको आफ्नो स्रोतबाट ४ अर्ब ४९ करोड तथा बेरुजु र नगद मौज्दात गरी ३२ अर्ब १५ करोड राजस्व संकलन भएको प्रदेश सरकारले जनाएको छ। 

यस्तै, कृषितर्फ भौगोलिक विशिष्टताका आधारमा स्थानीयस्तरमा समुदायमा आधारित भई कृषि उत्पादन वृद्धि गरी प्रशोधन तथा बजारीकरण प्रवर्द्धन गर्दै स्थानीय तहको सहकार्यमा कृषि, पशुपन्छी तथा मत्स्यजन्य उपजको उत्पादन गर्न एक वडा एक कृषि, पशुपन्छी तथा मत्स्यजन्य उत्पादन कार्यक्रम कार्यान्वयनका लागि कार्यविधि स्वीकृत भई कार्यान्वयन प्रारम्भ भएका उल्लेख छ।

कृषि, पशुपन्छी तथा मत्स्य क्षेत्रमा प्राकृतिक तथा गैर प्राकृतिक विपद्बाट क्षति पुगेका ४१ जना किसानलाई १ करोड ५७ लाख ७५ हजार १ सय ६० रूपैया राहत रकम उपलब्ध गराइएको बताइएको छ।

एक प्रदेश निर्वाचन क्षेत्र एक प्राङेगारिक मल कारखाना स्थापना कार्यक्र, कृषि क्षेत्रमा प्रवाह भइरहेको अनुदान कार्यलाई व्यवस्थित बनाउन तीन बीउ पूँजी परिचालन कार्यक्रम लगायतको काम गरिएको बताइएको हो। 

यता, वन तथा वातावरण मन्त्रालय तर्फ सबै  डिभिजन वन कार्यालयहरू बाट १ लाख ३८ हजार २७९ गोटा विरुवा उत्पादन गरिएको छ।  

९ सय ४२.६२ हेक्टरमा वनजन्य तथा फलफूल प्रजाति वृक्षारोपण गरिएको र ६१.४५ हेक्टरमा अतिक्रमण नियन्त्रण गरी वृक्षारोपण गरिएको तथा ५ हजार रोपनी निजी जग्गामा र ७ हजार रोपनी वनक्षेत्रमा व्यवसायिक रूपमा जडीबुटी वितरण तथा रोपण कार्य गरिएको उल्लेख छ।

१२ लाख ६० हजार २५०.७० किलोग्राम जडिबुटी संकलन तथा बिक्री वितरण गरिएको र ९७ हजार ६५४ किलोग्राम खोटो संकलन तथा बिक्री वितरण गरिएको प्रदेश सरकारको प्रगति विवरणमा उल्लेख छ। 

यस्तै, २१ वटा क्रमागत र ५ वटा नयाँ प्रहरी एकाई भवनको निर्माणका लागि अख्तियारी प्रदान गरिएको उल्लेख छ ने हालसम्म ८ वटा प्रहरी भवनको उद्घाटन गरिएको प्रगति विवरणमा समावेश गरिएको छ। 

प्रदेशस्तरीय सुरक्षा तथा अपराध अनुसन्धान गोष्ठी, धुलिखेल तथा प्रदेशस्तरीय सुरक्षा गोष्ठी मकवानपुर हेटौडामा सम्पन्न भएको तथा २३ वटा प्रहरी एकाईको संरचनात्मक सुधारको लागि सम्बन्धित एकाईलाई २६ करोड ५५ लाख रूपैयाँको अख्तियारी प्रदान गरिएको बताइएको छ।

२५ वटा शान्तिपार्कको पूर्वाधार स्तरोन्नति तथा निर्माणका लागि सम्बन्धित स्थानीय तहमार्फत निर्माण कार्य भएको लगाएतका प्रगति विवरण बागती प्रदेश सरकारले सार्वजनिक गरेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .