ad ad

बागमती


काठमाडौँ उपत्यकाको तापक्रम ३ घण्टामा प्वइन्ट ५ डिग्री सेल्सियस घट्यो

काठमाडौँ उपत्यकाको तापक्रम ३ घण्टामा प्वइन्ट ५ डिग्री सेल्सियस घट्यो

फाइल तस्बिर


नेपालखबर
माघ २०, २०८० शनिबार ९:३७, काठमाडौँ

काठमाडौँ उपत्यकाको तापक्रम आज (शनिबार) ३ घण्टामा प्वइन्ट ५ डिग्री सेल्सियस घटेको छ। 

मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान ५:४५ बजे ३.८ डिग्री सेल्सियस देखिएको उपत्यकाको न्यूनतम तापक्रम बिहान ८:४५ बजे मापन गर्दा ३.३ डिग्री सेल्सियसमा झरेको हो। आजको आधिकारिक न्यूनतम तापक्रम यही हो। 

शुक्रबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ४.८ डिग्री सेल्सियस थियो। 

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानांगका अनुसार आज उपत्यकाको अधिकतम तापक्रमचाहिँ १७ देखि १९ डिग्रीसम्म पुग्ने अनुमान छ। शुक्रबार यहाँको अधिकतम तापक्रम १८‍.५ डिग्री सेल्सियस थियो।

२४ घण्टामा सबैभन्दा कम तापक्रमलाई त्यस दिनको न्यूनतम र २४ घण्टामा सबैभन्दा बढी तापक्रमलाई त्यस दिनको अधिकतम तापक्रम भनिन्छ। बिहान ८:४५ बजेभित्र न्यूनतम तथा साँझ ५:४५ बजेभित्र अधिकतम तापक्रम मापन गरिन्छ।  

आज काठमाडौँ उपत्यकाको मौसम सामान्यतया सफा रहने उनको भनाइ छ। सामान्यतया सफा भनेको आकाशमा खासै बादल देखिँदैन, घाम लाग्छ। 

लामो समयपछि बिहीबार बेलुका काठमाडौँ उपत्यकामा पनि हल्का हिउँदे वर्षा भएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .