चितवनमा खाना खाने क्रममा अड्किएर एक जनाको मृत्यु भएको छ।
प्रहरीका अनुसार खाना अड्किँदा कालिका नगरपालिका-६ शान्तिटोलका ६८ वर्षीय आइतराम कुमालको मृत्यु भएको हो।
कुमाल आफ्नै घरमा मंगलबार साँझको खाना खाने क्रममा अड्किएर बेहोस भएका थिए।
उपचारका लागि भरतपुर अस्पताल ल्याउने क्रममा राति पौने ९ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
87
Shares
प्रतिक्रिया