केही दिनयता काठमाडौँ उपत्यकाको तापक्रम दिनप्रतिदिन बढेको बढ्यै छ।
उपत्यकाका अधिकतम र न्यूनतम दुवै तापक्रम दैनिक उकालो लागिरहेको हो।
यसै क्रममा आज (मंगलबार) काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ६.८ डिग्री सेल्सियसमा उक्लिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हिजो सोमबार उपत्यकाको न्यूनतम तापक्रम ५.२ डिग्री सेल्सियस थियो।
यस्तै आज उपत्यकाको अधिकतम तापक्रम २२.७ डिग्री सेल्सियस पुगेको महाशाखाले जनाएको छ।
गत शुक्रबार उपत्यकाको न्यूनतम तापक्रम ३.५ डिग्री सेल्सियस थियो भने अधिकतम तापक्रम १८.२ डिग्री सेल्सियस थियो।
मौसमविद्का अनुसार देशभरकै तापक्रम बिस्तारै बढ्दै छ। अब जाडोयाम यही फेब्रुअरी महिना मात्र हो।
हिउँदयामको अवधि सकिन लागेकाले तापक्रम उकालो लाग्दै गएको हो।
तापक्रम बढ्दै जाँदा जाडो घट्दै गएको छ।
1.2k
Shares
प्रतिक्रिया