बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेशसभाको हिउँदे अधिवेशन आह्वान गरेका छन्। शुक्रवार एक विज्ञप्ती जारी गर्दै प्रदेश प्रमुख शर्माले फागुन १५ गते मगंलबारका लागि अधिवेशन आह्वान गरेका हुन्।
प्रदेशसभाको हिउँदे अधिवेशनको बैठक १५ गते ३ बजे बस्ने छ। प्रदेश प्रमुख शर्माले बागमती प्रदेश सरकारको मन्त्रिपरिषदको सिफारिसमा नेपालको संविधान धारा १८३ उपधारा १ बमोजिम प्रदेशसभाको तेह्रौँ अधिवेशन बैठक डाकेका हुन्।
गत माघ ८ गते बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले फागुन १५ गते ३ बजेका लागि हिउँदे अधिवेशन आह्वान गर्ने निर्णयसहित प्रदेश प्रमुख शर्मासमक्ष सिफारिस गरेको थियो।
बागमती प्रदेश प्रमुख शर्माले नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम बागमती प्रदेश मन्त्रिपरिषद्बाट सिफारिस भई आएअनुसार प्रदेश सभाको १२ औँ बर्खे अधिवेशन २३ गते (मंगलबार) मध्यराति १२ बजेदेखि अन्त्य गरेका थिए।
बागमती प्रदेश सभा बैठक पछिल्लोपटक गत असोज २२ गते बसेको थियो। यससँगै झण्डै ५ महिनासम्म अन्यौल बनेको सदन सञ्चालन हुने भएको छ।
Shares
प्रतिक्रिया