ad ad

बागमती


त्रिशूली नदीमा बस खस्दा बेपत्ता महिलाको पनि शव भेटियो, अब १ पुरुष भेटिन बाँकी

त्रिशूली नदीमा बस खस्दा बेपत्ता महिलाको पनि शव भेटियो, अब १ पुरुष भेटिन बाँकी

बुधबार बिहान त्रिशूली नदीमा खसेको बस।


नेपालखबर
फागुन २४, २०८० बिहिबार १४:४४, काठमाडौँ

बुधबार बिहान धादिङको गजुरीस्थित त्रिशूली नदीमा बस खस्दा हराइरहेका तीन यात्रुमध्ये थप एकजनाको शव फेला परेको छ।

सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार आज दिउँसो १:५० बजे नदीभित्र महिलाको शव भेटिएको हो। 

बेपत्ता यात्रुको खोजीमा खटिएको सशस्त्र प्रहरीको टोली।

सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन सुरक्षा बेस (आदामघाट) बाट खटिएको  गोताखोर टोलीले महिलाको शव फेला पारी नदीबाट निकालेको उनले बताए।  

उनको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। तर नदीमा बेपत्ता नर्मदा सुवेदी, विराज गैरे र प्रकाश पाठकमध्ये एक जना मात्र महिला भएकाले उनी नर्मदा हुने सम्भावना छ। तर प्रहरीले पुष्टि गरिसकेको छैन। 

यसअघि आजै सशस्त्र प्रहरीले दुर्घटनास्थलभन्दा १५० मिटर तल त्रिशूली नदीमा पुरुषको शव फेला पारेको थियो। अन्दाजी २०/२५ वर्षका पुरुष उनको पहिचान हुन बाँकी छ। 

मंगलबार साँझ रुपन्देहीबाट काठमाडौँका लागि छुटेको सिद्धार्थ यातायातको लु २ ख २१२१ नम्बरको बस बुधबार बिहान ४:४० बजे धादिङको गजुरी गाउँपालिका–५ घाटबेँसीस्थित सडकबाट सय मिटर तल त्रिशूली नदीमा खस्दा घटनास्थलमै ७ जनाको मृत्यु भएको थियो भने ४० जनाभन्दा बढी घाइते भएका थिए।

तीन यात्रु भने नदीमै हराइरहेका थिए। आज पुरुष र महिलाको शव भेटिएकाले दुर्घटनामा मृत्यु हुनेको संख्या ९ पुगेको छ भने एक जना भेटिन बाँकी छ। उनको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .