मकवानपुरमा पछिल्लो ६ घण्टामै धेरै भारी वर्षा भएको छ।
मौसम पूर्वानुमान महाशाखाको आज (मंगलबार) दिउँसो १२:४४ बजेसम्मको अपडेटअनुसार गत ६ घण्टामा मकवानपुरको मकवानपुर गढीमा १०३.४ मिलिमिटर वर्षा भएको हो।
यस्तै सो अवधिमा बाराको अमलेखगन्जमा भारी वर्षा भएको छ। महाशाखाको रेकर्डअनुसार पछिल्लो ६ घण्टामा उक्त स्थानमा ६४.४ मिलिमिटर वर्षा भएको हो।
सो अवधिमा देशका अन्य स्थानमा भने हल्का तथा मध्यम वर्षा मात्र भएको छ।
मौसमविद्का अनुसार १० मिलिमिटरभन्दा मुनिको वर्षालाई हल्का वर्षा, यसभन्दा माथि तर ५० मिलिमिटरभन्दा मुनिको वर्षालाई मध्यम वर्षा तथा यसभन्दा माथि तर १०० मिलिमिटरभन्दा तलको वर्षालाई भारी वर्षा भनिन्छ।
यसैगरी १०० मिलिमिटरभन्दा माथि तर २०० मिलिमिटरभन्दा मुनिको वर्षालाई धेरै भारी वर्षा भनिन्छ भने २०० मिलिमिटरभन्दा पनि माथिको वर्षालाई अति भारी वर्षा भनिने मौसमविद् बताउँछन्।
Shares
प्रतिक्रिया