काठमाडौँ उपत्यकाको तापक्रम एकदिन (२४ घण्टा) मै ४ डिग्री सेल्सियसभन्दा बढी घटेको छ।
मौसम पूर्वानुमान महाशाखाको रेकर्डअनुसार उपत्यकाको अधिकतम तापक्रम सोमबारभन्दा मंगलबार (आज) ४.३ डिग्री सेल्सियस घटेको हो।
सोमबार काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम तीन महिनायताकै उच्च ३३.२ डिग्री सेल्सियसमा उक्लिएको थियो भने आज घटेर २९ डिग्री सेल्सियसमा झरेको हो।
मौसम बदली र वर्षा भएसँगै उपत्यकाको तापक्रम ओरालो लागेको हो।
महाशाखाका अनुसार आज उपत्यकाको न्यूनतम तापक्रम भने २१.३ डिग्री सेल्सियस छ।
519
Shares
प्रतिक्रिया