आज (शुक्रबार) महाशिवरात्रि पर्व देशभरका शिवालयमा भगवान् शिवको पूजा, आराधना गरी मनाइँदै छ।
यसै क्रममा आज बिहानैदेखि काठमाडौँको पशुपतिनाथसहित देशभरका शिव मन्दिरमा मानिसहरूको भिड लागेको छ।
यसैबीच काठमाडौँ उपत्यका प्रहरी कार्यालयले होसियारीका लागि सातबुँदे सूचना जारी गरेको छ।
जुन यस्तो छ–
१. आफ्नो स्वास्थ्यको ख्याल गरौँ।
२. अपरिचित व्यक्तिले दिएको खानेकुरा नखाऔँ।
३. नगद, बहुमूल्य सामान, गरगहना र महँगा मोबाइल फोनसहित भीडभाडमा सकेसम्म नजाऔँ।
४. मादक पदार्थ सेवन (मापसे), लागुपदार्थ सेवन (लापसे) गरी मेलामा नजाऔँ।
५. ट्राफिक नियमको सदैव पालना गरौँ।
६. महिला बालबालिका तथा ज्येष्ठ नागरिकलाई दर्शनका लागि सहजीकरण गरौँ।
७. हर्षोल्लाससहित महाशिवरात्री मनाऔँ, आपराधिक कार्य नगरौँ।
साथै सूचनामा भनिएको छ, ‘यहाँहरू ढुक्कले महाशिवरात्रि पर्व मनाउनुहोस्, प्रहरी त सदैव यहाँहरूको सुरक्षामा छँदैछ नि।’
Shares
प्रतिक्रिया