ad ad

बागमती


शालीनको मृत्यु प्रकरणमा पक्राउ परेका शिक्षकमाथि अनुसन्धान गर्न तेस्रोपटक म्याद थप

शालीनको मृत्यु प्रकरणमा पक्राउ परेका शिक्षकमाथि अनुसन्धान गर्न तेस्रोपटक म्याद थप

नेपालखबर
फागुन २८, २०८० सोमबार १४:३४, हेटाैँडा

पूर्वी चितवनको रत्ननगर नगरपालिका १० मा रहेको एकता शिशु निकेतनको होस्टेलमा मृत भेटिएकी शालीन पोखरेलको घटनामा पक्राउ परेका विद्यालयका प्रधानाध्यापक सहित ३ शिक्षकलाई अनुसन्धानको लागि पुनः ४ दिन म्याद थप गरिएको छ।

जिल्ला अदालत चितवनबाट थप अनुसन्धानको लागि आइतबार तेस्रो पटक ४ दिन म्याद थप गरिएको हो।

विद्यालयका प्रधानाध्यापक बालहरी देवकोटा, भाइस प्रिन्सिपल किरणबहादुर अधिकारी र होस्टलका वार्डेन कमल पौडेललाई यसअघि पनि ४ दिन र त्यसअघि ७ दिन म्याद थप गरिएको थियो।

फागुन १२ गते रत्ननगरको एकता शिशु निकेतनको छात्राबासमा १४ वर्षकी पोखरेल सिलिङ फ्यानमा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन्।

उक्त घटनामा बालिकाको बलात्कारपछि हत्या भएको भन्दै मृतकका बाबु दीपेन्द्रले विद्यालयका प्रधानाध्यापक सहित तीन शिक्षक विरुद्ध किटानी जाहेरी दिएका थिए।

तर स्वास्थ्य परीक्षणमा बालिकामाथि बलात्कार नभएको पुष्टि भएको छ।

यस्तै, आत्महत्यालाई बल पुग्ने गरी शालीनको सुसाइड नोट पनि प्रहरीले फेला पारेको थियो। उक्त अक्षर शालीनकै हो कि होइन भन्ने यकिन गर्न प्रहरीले परीक्षणका लागि विधि विज्ञान प्रयोगशालामा पठाएको थियो। त्यसको प्रतिवेदनले पनि सुसाइट नोट शालीन आफैंले लेखेको पुष्टि भैसकेको छ।

यता, शालीनको परिवारले यो रिपोर्ट निष्पक्ष नभएको भन्दै अझै पनि बलात्कारपछि नै हत्या गरिएको बताउँदै आएका छन्। बलात्कार नभएको प्रतिवेदन पाएको प्रहरीले यसमा अझै गहन अनुसन्धान भइरहेको दाबी गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .