मकवानपुरको मनहरि गाउँपालिका-८ सिमपानीमा छिमेकीको कुटपिटबाट महिला गम्भीर घाइते भएका छन्।
प्रहरीका अनुसार स्थानीय २७ वर्षीय रोजन राईले जग्गाको साँधका विषयमा विवाद हुँदा छिमेकी ५० वर्षीया मंगली माया थिङलाई मंगलबार दिउँसो कुटेका हुन्।
प्रदेश प्रहरी कार्यालय (हेटौँडा) का अनुसार कुटपिटबाट गम्भीर घाइते भएकी थिङलाई उपचारका लागि मनहरि अस्पतालमा सामान्य उपचारपछि पुरानो मेडिकल कलेज भरतपुरमा रेफर गरिएको छ।
घाइतेको ओठ काटिएको तथा शरीरको भित्री भागमा चोट लागेकाले अवस्था गम्भीर रहेको बताइएको छ।
कुटपिट गर्ने रोजन राईलाई प्रहरीले पक्राउ गरेको छ।
51
Shares
प्रतिक्रिया