देशका विभिन्न स्थानसँगै काठमाडौँ उपत्यकामा पनि बुधबार बिहानैदेखि हल्का तर निरन्तर वर्षा भइरहेको छ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीका अनुसार बिहान १० बजेपछिदेखि काठमाडौँ उपत्यकामा निरन्तर पानी परिरहेको हो।
‘साँझ ४/५ बजेतिर एकछिन रोकिएको जस्तो भए पनि उपत्यकामा हल्का वर्षा निरन्तर जारी छ’, उनले भने।
आज राति पनि यस्तो वर्षा रोकिने सम्भावना नदेखिएको उनको भनाइ छ।
‘अहिले पनि सिमसिम पानी परिरहेको छ’, मौसमविद् पुडासैनीले भने, ‘राति पनि यो क्रम जारी रहने देखिन्छ।’
उनका अनुसार पछिल्लो १२ घण्टामा उपत्यकाका लेलेमा १६.४ मिलिमिटर, गोदावरीमा १५.२ मिलिमिटर, धापड्याममा ११.६ मिलिमिटर र विमानस्थल क्षेत्रमा ९.४ मिलिमिटर वर्षा भएको छ।
1.1k
Shares
प्रतिक्रिया