देशभरसँगै काठमाडौँ उपत्यकामा पनि मौसम बदली (आकाशमा बादल) र वर्षा भइरहेको छ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाका अनुसार काठमाडौँ उपत्यकामा बिहान ६:४५ बजेदेखि ठाउँठाउँमा हल्का वर्षा भइरहेको हो।
‘राति पनि ११:४५ बजेदेखि २ घण्टाजति पानी परेको थियो’, उनले भने, ‘बीचमा रोकिएर फेरि बिहान ६:४५ देखि पानी पर्न थालेको हो।’
मौसमविद् झाका अनुसार दिउँसो २/३ बजेसम्म यही क्रम जारी रहने देखिएको छ।
‘त्यसपछि बिस्तारै मौसम सुध्रिँदै जाने सम्भावना देखिएको छ’, उनले भने, ‘तर काठमाडौँ उपत्यकामा आज बीचबीचमा मौसम खुल्न खोजे पनि पनि घाम लाग्ने सम्भावना निकै कम छ।’
यसैबीच आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १२.२ डिग्री सेल्सियस देखिएको जानकारी पनि मौसमविद् झाले दिए।
‘उपत्यकको अधिकतम तापक्रमचाहिँ आज २१ देखि २३ डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ’, उनले भने।
यो पनि : देशका धेरै ठाउँमा मेघगर्जन र चट्याङसहित वर्षा हुँदै, दिनभर कस्तो रहला मौसम?
Shares
प्रतिक्रिया