काठमाडौँ उपत्यकामा आज (आइतबार) पनि वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन्।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालयका अनुसार आज बिहानै उपत्यकामा फुसफुस किमिसको पानी परेको थियो।
‘बीचमा एकछिन घाम देखिए पनि काठमाडौँ उपत्यकाको मौसम आज पनि बदलीकै अवस्थामा रहने सम्भावना छ’, उनले भने, ‘दिउँसोतिर हल्का वर्षा पनि हुने सम्भावना छ।’
उनका अनुसार केही दिनयता मौसम बदली र वर्षा हुने क्रम जारी रहेकाले काठमाडौँ उपत्यकामा चिसो पनि बढेको छ।
‘दिनभर घाम लाग्न नपाउँदा अधिकतम तापक्रम घटेको छ, जसका कारण तुलनात्मक रूपमा चिसो बढेको छ’, उनले भने, ‘अहिले न्यूनतम तापक्रम भने खासै घटेको छैन, राति आकाशमा बादल लाग्यो भने न्यूनतम तापक्रम खासै घट्न पाउँदैन।’
यसैबीच आज बिहान ६:४५ को विवरणअनुसार उपत्यकाको न्यूनतम तापक्रम १४ डिग्री सेल्सियस देखिएको मौसमविद् अर्यालले जानकारी दिए।
‘अधिकतमचाहिँ आज २१ देखि २३ डिग्री सेल्सियससम्म रहने अनुमान छ’, उनले भने।
यो पनि : आज कस्तो रहला देशभरको मौसम?
Shares
प्रतिक्रिया