देशभरसँगै काठमाडौँ उपत्यकाको मौसम पनि यतिबेला (सोमबार बिहान) आंशिक बदली भएको छ। आंशिक बदली भनेको २६ देखि ५० प्रतिशतसम्म आकाश बादलले ढाकिनु हो।
मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार काठमाडौँ उपत्यकामा मध्याह्नपछि (दिउँसोतिर) वर्षा हुने सम्भावना छ।
‘मेघगर्जन/चट्याङसहित छिटपुटदेखि हल्कासम्म वर्षा हुने सम्भावना देखिन्छ’, उनले भनिन्, ‘आज दिनभर नै घाम लाग्ने सम्भावना एकदम कम छ।’
मौसमविद् मानन्धरका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ५.६ मिलिममिटर वर्षा भएको छ।
अझै केही दिन बिहान-बिहान एकछिन मौसम खुले पनि मध्याह्नपछि बदली (आकाशमा बादल) हुने सम्भावना देखिएको उनले बताइन्।
मौसम बदली र वर्षासँगै काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ह्वात्तै घटेको छ।
उनका अनुसार आज बिहान ६:४५ बजेको रेकर्डमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ७ डिग्री सेल्सियसमा झरेको हो। आइतबार उपत्यकाको न्यूनतम तापक्रम १३.६ डिग्री सेल्सियस थियो।
आज उपत्यकाको अधिकतम तापक्रमचाहिँ २२ देखि २४ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको मौसमविद् मानन्धरले बताइन्। आइतबार उपत्यकाको अधिकतम तापक्रम २६.० डिग्री सेल्सियस थियो।
Shares
प्रतिक्रिया