देशका विभिन्न स्थानसँगै काठमाडौँ उपत्यकाको मौसम पनि बिहानैदेखि बदली भएको छ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानांगका अनुसार यतिबेला (मंगलबार बिहान) काठमाडौँ उपत्यकाको मौसम पूर्णतया बदली छ। पूर्णतया बदली भनेको उपत्यकाको आकाशभरि बादल लागेको छ।
‘आज दिउँसो/अपराह्नतिर उपत्यकामा फाटफुटदेखि हल्कासम्म वर्षा हुने सम्भावना देखिएको छ’, मौसमविद् प्रधानांगले भने।
मौसमविद् प्रधानांगका अनुसार ०.१ देखि ०.५ मिलिमिटरसम्मको वर्षालाईं फाटफुट भनिन्छ भने यसभन्दा माथि १० मिलिमिटरसम्मको वर्षालाई हल्का वर्षा भनिन्छ।
पछिल्लो २१ घण्टामा काठमाडौँ उपत्यकामा ०.८ मिलिमिटर वर्षा भएको जानकारी पनि उनले दिए।
उनका अनुसार उपत्यकाको मौसम आज दिनभर नै आंशिक बदली हुने सम्भावना छ। आंशिक बदली भनेको अलिअलि घाम लागे पनि आकाशमा बादल आइरहनु हो। अर्थात् उपत्यकामा आज राम्रोसँग घाम लाग्दैन।
यसैबीच आज बिहान ६:४५ बजेसम्मको विवरणअनुसार उपत्यकाको न्यूनतम तापक्रम १३ डिग्री सेल्सियस देखिएको छ।
‘आज यहाँको अधिकतम तापक्रमचाहिँ २६ देखि २८ डिग्री सेल्सियसम्म पुग्ने अनुमान गरेका छौँ’, मौसमविद् प्रधानांगले भने।
देशभर- आज कता-कता हुन्छ वर्षा?
Shares
प्रतिक्रिया