शनिबार र आइतबार लगातार २ दिन साँझपख काठमाडौँ उपत्यकामा हावाहुरी चल्यो। थोरै समय चले पनि हावाहुरीले मानिसलाई आतंकित बनायो।
आज साँझ पनि हावाहुरी चल्ने सम्भावना छ कि?
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानांगले आज काठमाडौँ उपत्यकामा हावाहुरीको सम्भावना नदेखिएको बताए।
‘मेघगर्जन/चट्याङसँगै हावाहुरी आउने हो’, उनले भने, ‘आजलाई उपत्यकामा मेघगर्जन/चट्याङ तथा वर्षाको सम्भावना नदेखिएकाले हावाहुरीको पनि खासै सम्भावना देखिन्न।’
यसैबीच आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ११.५ डिग्री सेल्सियस देखिएको छ भने अधिकतम तापक्रम २७ देखि २९ डिग्री सेल्सियससम्म रहने अनुमान मौसम महाशाखाले गरेको छ। अधिकतम तापक्रम अहिले साँझ ५:४५ बजे सार्वजनिक गरिन्छ।
महाशाखाका अनुसार काठमाडौँ उपत्यकामा आज बिहान ५ बजेर ५४ मिनेटमा घाम उदाएको थियो भने अब साँझ ६ बजेर २२ मिनेटमा अस्ताउनेछ।
Shares
प्रतिक्रिया