केही दिनदेखि देशभर तापक्रम बढिरहेको छ।
यसै क्रममा काठमाडौँ उपत्यकाको तापक्रम पनि दिनप्रतिदिन बढिरहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (बिहीबार) उपत्यकाको न्यूनतम तापक्रम १३.४ डिग्री सेल्सियस पुगेको छ भने अधिकतम तापक्रम ३० देखि ३२ डिग्री सेल्सियसम्म पुग्ने अनुमान गरिएको छ।
मौसमविद्का अनुसार अहिले उपत्यकासहित देशभर तापक्रम बढ्दो छ। जसका कारण गर्मी बढिरहेको छ।
हरेक दिन न्यूनतम तापक्रम बिहान ८:४५ बजे र अधिकतम तापक्रम साँझ ५:४५ बजे सार्वजनिक गरिन्छ।
मौसम महाशाखाका अनुसार आज काठमाडौँ उपत्यकामा पानी पर्ने सम्भावना देखिएको छैन। आकाशमा आंशिक रूपमा बादल भने लाग्नेछ।
यसैबीच आज काठमाडौँ उपत्यकामा सूर्य बिहान ५ बजेर ५१ मिनेट जाँदा उदाएको थियो भने अब साँझ ६ बजेर २३ मिनेटमा अस्ताउने महाशाखाले जनाएको छ।
387
Shares
प्रतिक्रिया