ad ad

बागमती


सवारी दुर्घटनामा हेटौंडाका व्यवसायी मुडभरीको मृत्यु

सवारी दुर्घटनामा हेटौंडाका व्यवसायी मुडभरीको मृत्यु

नेपालखबर
जेठ ३, २०८१ बिहिबार ११:२४, मकवानपुर (हेटौंडा)

मकवानपुरमा सवारी दुर्घटनामा हेटौंडाका शिक्षक तथा व्यवसायी केशव मुडभरीको मृत्यु भएको छ। हेटौंडा–१३ का ४५ वर्षीय मुडभरीको बागमती ४ सादेपुलमा बुधबार राति भएको दुर्घटनामा मृत्यु भएको हो।

मकवानपुरको फापरबारीबाट हेटौँडातर्फ आउँदै गरेको ना ६६ प ९३०३ नम्बरको मुडभरीले चलाएको स्कूटर ना ७ त २२५९ नम्बरको रड बोकेको बोकेको ट्याक्टरमा ठोक्किएर दुर्घटना भएको थियो।

धरान चतरा सडकखण्डमा स्कुटर दुर्घटना भएको खबर पाएपछि प्रहरी चौकी झुरझुरेबाट गएको प्रहरीले  घाइते मुडभरीलाई उपचारको लागि हेटौंडा अस्पताल ल्याएको थियो।

दुर्घटनामा गम्भीर घाइते भएका मुडभरीको उपचारको क्रममा हेटौंडा अस्पतालमा निधन भएको हो।   

इलाका प्रहरी कार्यालय फापरवारीबाट खटिएको प्रहरी टोलीले घटनास्थलबाट ३ किमि उत्तर भोर्लेनीबाट काभ्रेको ताल ढुंगा जाने भित्री सडकखण्डमा रड बोकेको ट्याक्टर रोकिराखेको अवस्थामा फेला पारेको र सोही ट्याक्टरमा लोड भएको रडमा स्कुटर चालक ठोकिएर दुर्घटना भएको आशंकामा ट्याक्टरलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

दुर्घटनापछि फरार रहेका सिन्धुली कमलामाई नगरपालिका वडा नम्बर ९ भिमान बस्ने ४१ वर्षीय ट्याकटर चालकरसाहु खड्क बहादुर बुढाथोकीलाई नियन्त्रणमा लिइएर थप अनुसन्धान कार्य भरइरहेको प्रहरीले जनाएको छ। 

मुडभरी विद्यालय सञ्चालक र स्टेसनरी व्यवसायी समेत थिए। उनले केही वर्ष पत्रकारितासमेत गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .