ad ad

बागमती


कान्तिपुर सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ लिमिटेडको भवनमा आगो लाग्यो

कान्तिपुर सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ लिमिटेडको भवनमा आगो लाग्यो

नेपालखबर
जेठ ३, २०८१ बिहिबार १४:२३, काठमाडौँ

ललितपुर महानगरपालिका-१०, कुपन्डोलमा रहेको कान्तिपुर सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ लिमिटेडको भवनमा बिहीबार आगलागी भएको छ।

आठतले भवनको छैटौँ तलामा रहेको हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारीको कार्यालयमा आगलागी भएको ललितपुर परिसरका एसपी नरेशराज सुवेदीले जानकारी दिए।

बन्द सटरभित्रबाट धुवाँ आएको जानकारी कर्मचारीले प्रहरीलाई गराएका थिए। 

महानगरपालिकाका तीनवटा दमकलसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय मिलेर आगो निभाएको एसपी सुवेदीले बताए। 

क्षतिको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .