आज (शनिबार) काठमाडौँ उपत्यकामा पनि क्षणिक वर्षाको सम्भावना देखिएको मौसमविद्ले बताएका छन्।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार काठमाडौँ उपत्यकामा आज अपराह्नपछि क्षणिक वर्षाको सम्भावना छ।
‘तर सम्भावना त्यस्तो धेरै त छैन’, उनले भने, ‘सम्भावनै नभएको पनि होइन।’
मौसम महाशाखाले आज काठमाडौँ उपत्यकामा वर्षाको सम्भावना २० प्रतिशत रहेको उल्लेख गरेको छ।
मौसमविद् अधिकारीका अनुसार आज दिनभर काठमाडौँ उपत्यकाको मौसम आंशिक बदलीको अवस्थामा रहने अनुमान छ। ‘आंशिक बदली भनेको हल्का बादल लाग्ने अवस्था हो’, उनले भने।
यसैबीच आज बिहान काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १९.२ डिग्री सेल्सियस देखिएको छ भने अधिकतम ३२ देखि ३४ डिग्री सेल्सियससम्म चढ्ने अनुमान मौसम महाशाखाले गरेको छ।
देशभरको मौसमबारे- आज कता-कता छ मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना?
Shares
प्रतिक्रिया