पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकाका पाँच स्थानमा मध्यम वर्षा भएको छ।
मौसमविद्का अनुसार १० मिलिमिटरभन्दा माथि ५० मिलिमिटरभन्दा मुनिको वर्षालाई मध्यम वर्षा भनिन्छ।
सोमबार दिउँसो १२.२६ बजेसम्मको विवरणअनुसार काठमाडौँ उपत्यकाका पाँच स्थानमा १० मिलिमिटरभन्दा माथि वर्षा भएको हो।
मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकाभित्र सबैभन्दा बढी वर्षा धापड्याममा ३५.८ मिलिमिटर वर्षा भएको छ।
यसपछि सुन्दरीजलमा ३४.८ मिलिमिटर वर्षा मापन भएको छ भने बूढानीलकण्ठमा ३४ मिलिमिटर वर्षा भएको महाशाखाको विवरणमा उल्लेख छ।
यसैगरी ललितपुरका गोदावरीमा १३.८ र लेलेमा ११.४ मिलिमिटर वर्षा मापन भएको महाशाखाले जनाएको छ। उपत्यकाका अन्य स्थानमा भने हल्का मात्र वर्षा भएको छ।
मौसमविद्का अनुसार आज दिनभर काठमाडौँ उपत्यकाको मौसम खुल्ने सम्भावना कमै रहेको बताएका छन्।
Shares
प्रतिक्रिया