काठमाडौँ उपत्यकामा हिजो (शुक्रबार) र आज (शनिबार) गर्मी निकै बढेको छ।
मौसम पूर्वानुमान महाशाखाको विवरणअनुसार शुक्रबार काठमाडौँ उपत्यकामा यो वर्षको अहिलेसम्मकै बढी गर्मी भएको थियो।
अर्थात् शुक्रबार काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम ३४.४ डिग्री सेल्सियस पुगेको थियो।
‘यो काठमाडौँ उपत्यकाका लागि यो वर्षअन्तर्गत हालसम्मकै उच्च तापक्रम हो’, महाशाखाका मौसमविद् सरोज पुडासैनीले भने।
यसअघि उपत्यकामा यो वर्षको सबैभन्दा बढी तापक्रम जेठ ५ गते ३३.६ डिग्री सेल्सियस थियो। जेठ ११ गते यसभन्दा पनि माथि चढेको हो।
शनिबार (आज) भने हल्का वर्षा भएकाले काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम केही घटेको छ।
मौसम महाशाखाका अनुसार आज उपत्यकाको अधिकतम तापक्रम ३३.६ डिग्री सेल्सियस छ।
यस्तै आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम भने २१.६ डिग्री सेल्सियस पुगेको महाशाखाले जनाएको छ।
मौसमविद्का अनुसार काठमाडौँ उपत्यकामा न्यूनतम तापक्रम १५ डिग्री सेल्सियसबाट उकालो लाग्नु भनेको बिहानैदेखि गर्मी हुनु हो।
Shares
प्रतिक्रिया