ललितपुरको बाडेगाउँस्थित प्रहरी प्रभागले एक्लै हिँडिँरहेको अवस्थामा एकजना वृद्ध फेला पारेको छ।
प्रहरी प्रभाग बाडेगाउँले जारी गरेको सूचनाअनुसार ललितपुरकै कोन्ज्योसोम वडा नम्बर २ संखु घर बताउने ९३ वर्षीय देवप्रसाद हुमागाईं भेटिएका हुन्।
प्रहरीका अनुसार अन्दाजी ५ फिट ५ इन्च भएका वृद्धले घीउ रङको कमिज-सुरुवाल लगाएका छन्।
उनले छोराको नाम हरिबहादुर हुमागाईं भएको बताएका छन्।
उनलाई अहिले प्रहरी प्रभाग बाडेगाउँमा राखिएको छ।
प्रहरीले सूचनामार्फत भनेको छ ‘उहाँलाई चिन्ने, कोही आफन्तले सम्पर्क गर्न वा चिनेका व्यक्तिसमक्ष पुर्याइदिन हुन र प्रहरी प्रभाग बाडेगाउँमा सम्पर्क गर्न पठाई सहयोग गर्न अनुरोध छ।’
219
Shares
प्रतिक्रिया