ad ad

बागमती


एमाले मकवानपुर अधिवेशनमा डोरमणी र कृष्णको लडाईं : अध्यक्षमा पोखरेल कि खुलाल?

एमाले मकवानपुर अधिवेशनमा डोरमणी र कृष्णको लडाईं : अध्यक्षमा पोखरेल कि खुलाल?

जसका लागि दुई प्रभावशाली नेता, श्रीधर पोखरेल र रघुनाथ खुलालको नाम अगाडि छ


सुनिता विष्ट
जेठ १९, २०८१ शनिबार १५:४६, मकवानपुर (हेटौंडा)

नेकपा एमाले, मकवानपुरको १२ औँ अधिवेशनमा शनिबार (आज) बाट नेतृत्व चयन प्रक्रिया सुरु भएको छ। शुक्रबारबाट सुरु भएको अधिवेशनमा नेतृत्व सर्वसम्मतमा टुंग्याउने छलफल चलेको थियो। तर, सहमति नजुट्दा निर्वाचन प्रक्रियाबाटै नेतृत्व चुनिने पक्का भएको छ। 

यसैबीच पार्टी अध्यक्षका आकांक्षीहरू खुल्न थालेका छन्। जिल्ला नेतृत्वका लागि मकवानपुरका ६ जना नेताहरूले अध्यक्षमा दाबेदारी दिन सक्ने अनुमान छ। 

आज निर्वाचनका लागि मनोनयन दर्ता हुँदैछ। जिल्लाको ठूलो दलको हैसियतले पनि मकवानपुरबाट एमालेले हेभिवेट नेताको हातमा नेतृत्व सुम्पन चाहन्छ। 

जसका लागि दुई प्रभावशाली नेता, श्रीधर पोखरेल र रघुनाथ खुलालको नाम अगाडि छ।

पोखरेल नेकपा एकीकृत समाजवादी मकवानपुरका जिल्ला अध्यक्ष परित्याग गरेर एमालेमै फर्किएका हुन भने खुलाल जिल्लाका प्रभावशाील नेता हुन्। 

मकवानपुरमा एमालेको दुई धार प्रष्ट देखिन्छ, बागमतीका पूर्व मुख्यमन्त्री समेत रहेका डोरमणी पौडेल र संविधान सभा सदस्य कृष्ण दाहालको। 

त्यसोत, गत असोजमा भएको पार्टी बागमती प्रदेशको अधिवेशनको बदला तिर्न दाहाल पक्षले रणनीति बनाइरहेको एमाले जिल्ला तहकै नेताहरू बताउँछन्। 

जिल्लाकै नेताका कारण प्रदेशमा हार ब्यहोरेका दाहालले आफ्नै प्यानलको उम्मेदवार जिताएर आन्तरिक प्रतिस्पर्धा बलियो बनाउने रणनीति लिएका हुन्। 

दाहालले पोखरेललाई अध्यक्षमा सहयोग गर्नेछन्। उनलाई पार्टी केन्द्रीय सदस्य केदार न्यौपानेको समर्थन छ। 

यता, खुलाल पूर्वमुख्यमन्त्री पौडेल पक्षका उम्मेदवार हुन्। जिल्लाका आधाभन्दा बढी प्रतिनिधि पौडेल पक्षमा छन्। खुलाल पार्टी बागमती प्रदेश सचिवालय सदस्य हुन्।

प्रदेशको सचिवालय सदस्य हुँदाहुँदै जिल्ला अध्यक्षको दाबेदार बन्न आएको भन्दै उनी कार्यकर्ताका प्रशनहरूबाट घेरिन थालेका छन्। 

खुलाल यसअघि एमाले मकवानपुरको अध्यक्ष पदमै मुनु सिग्देलसँग १ मतले पराजित भएका थिए। त्यसपछि २०७४ को आमनिर्वाचन पछि जिल्ला समन्वय समितिको प्रमुख भएर उनले काम गरे।

त्यसोत, यी आकांक्षी बाहेक अन्य ४ जनाको नाम समेत चर्चामा भने छ। 

श्रीधर र खुलालसँगै लालबहादुर थापा र ईन्द्रमान स्याङ्तान, देवराज रिमाल र ध्रुव चौलागाईं पनि अध्यक्षको लाइनमा छन्।

गत प्रदेशसभा निर्वाचनमा प्रदेशसभा सदस्य उम्मेदवारसमेत रहेका थापा पार्टीका वर्तमान उपाध्यक्ष हुन्।

स्याङ्तान पार्टी प्रदेश कमिटीको वर्तमान सदस्य छन्। उनी निर्वाचन जितेर प्रदेशसदस्य बनेका हुन्।

थापालाई नेता रामेश्वर राना र स्याङ्तानलाई पार्टी इञ्चार्ज देवी ज्ञवालीको साथ रहेको चर्चा छ।

आइतबार हुने निर्वाचनले १०५ सदस्य जिल्ला कमिटी चयन हुनेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .