ad ad

बागमती


एमाले मकवानपुर अधिवेशन : नेतृत्वका लागि पाँच जनाको उम्मेदवारी दर्ता

एमाले मकवानपुर अधिवेशन : नेतृत्वका लागि पाँच जनाको उम्मेदवारी दर्ता

सुनिता विष्ट
जेठ १९, २०८१ शनिबार १९:५६, मकवानपुर (हेटौंडा)

नेकपा एमाले मकवानपुरको जिल्ला अध्यक्षका लागि पाँच जनाले उम्मेदवारी दर्ता गराएका छन्।

एमाले मकवानपुरको १२ औँ अधिवेशन अन्तर्गत अध्यक्ष पदका लागि शनिबार पाँच जनाले उम्मेदवारी दर्ता गराएका हुन्।

जसमा रघुनाथ खुलाल, श्रीधर पोखरेल, ईन्द्रमान स्याङ्तान, लालबहादुर थापा र देवराज रिमालको उम्मेदवारी परेको छ। यस्तै उपाध्यक्ष पदका लागि चार जनाको उम्मेदवारी दर्ता भएको छ।

जसमा हिदम लामा, सुनिल मोक्तान, ध्रुब चौलागाईं र भरत दुलाल रहेका छन्।

यस्तै, सचिवमा मदन कुमार दाहाल, सीता बिष्ट, सुमित्रा काफ्ले, नरहरि महत र राजन थापा गरी पाँच जनाको उम्मेदवारी परेको छ भने उपसचिव खुलातर्फ ईन्द्रप्रसाद नेपाल, कृष्णप्रसाद चौलागाई, दीपक खड्का, फुर्बा दोर्जे लामा र खेमराज मगरको उम्मेदवारी परेको छ।

उपसचिव महिलातर्फ कल्पना बलामी, जुना दाहाल, आरती पाठक र पार्वती रानाको उम्मेदवारी परेको छ।

सर्वसम्मतबाट नयाँ कार्यसमिति चयन गर्ने विषयमा निर्वाचन प्रतिनिधिहरुले असन्तुष्टी जनाएपछि निर्वाचनका लागि मनोनयन दर्ता गरिएको हो।

यता, सबैभन्दा चर्चाको बिषय बनेको अध्यक्ष पदमा पाँचजनाको उम्मेदवारी परेपछि निर्वाचन प्रक्रिया नै पेचिलो बन्ने देखिन्छ । 

जिल्लाका ११ हजार ६ सय ८४ जना पार्टी सदस्यहरुबाट अधिवेशनको लागि प्रतिनिधि चयन गरिएको हो।

कुल ७६९ जना अधिवेशन प्रतिनिधि रहेका छन्। जिल्लाका १० वटै पालिकाबाट प्रतिनिधि, पर्यवेक्षक र विभिन्न क्षेत्रसंग सम्बन्धित व्यक्तित्व, पार्टीको जनवर्गीय संगठनहरुबाट सहभागीता रहेको अधिवेशनले १०५ सदस्य जिल्ला कमिटी निर्माण गर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .