काठमाडौँ उपत्यकामा गएरातिदेखि नै वर्षा भइरहेको छ।
अहिले (मंगलबार बिहान ७:४७ बजे) पनि काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा पानी परिरहेकेको छ।
मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार पोखरामा स्थानीय वायुबाट बनेको प्रणाली पूर्व सर्ने क्रममा काठमाडौँमा पानी परिरहेको हो।
‘यसमा मनसुन प्रणाली पनि मिसिएको छ’, उनले भनिन्, ‘यो प्रणाली अझै एक/दुई घण्टा सक्रिय रहने देखिन्छ, यसपछि काठमाडौँ उपत्यकामा केही बेर मौसम खुल्ने सम्भावना पनि छ तर फेरि बादल आएर वर्षा हुने देखिन्छ।’
उनका अनुसार मनसुनी प्रणालीसमेत जोडिएकाले अब काठमाडौँ उपत्यकामा मौसम खुल्ने सम्भावना कमै छ।
यद्यपि काठमाडौँसम्म मनसुन प्रवेशको औपचारिक घोषणा गर्न भने बाँकी रहेको मौसमविद् मानन्धरको भनाइ छ।
153
Shares
प्रतिक्रिया