ad ad

बागमती


धादिङमा टाटा सुमो खस्दा एकीकृत समाजवादीका नेताको मृत्यु

धादिङमा टाटा सुमो खस्दा एकीकृत समाजवादीका नेताको मृत्यु

लोकबहादुर गुरुङ


नेपालखबर
असार ६, २०८१ बिहिबार १३:३८, हेटौँडा

धादिङको सिद्धलेक गाउँपालिका-२ नलाङस्थित खिर्रेमा टाटा सुमो दुर्घटना हुँदा नेकपा एकीकृत समाजवादीका जिल्ला सदस्यको मृत्यु भएको छ। 

प्रहरीका अनुसार ज १ ज ४४४ नम्बरको टाटा सुमो बुधबार राति ८ बजे सडकबाट झन्डै ३०० मिटर खस्दा नलाङ पोखरी गाउँका ५२ वर्षीय  लोकबहादुर गुरुङको मृत्यु भएको हो। 

गुरुङलाई घटनास्थलबाट उद्धार गरी धादिङ अस्पताल ल्याइए पनि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। उनी नेकपा एकीकृत समाजवादी धादिङ जिल्ला कार्यसमितिका सदस्य हुन्। 

दुर्घटनामा खिर्रेका ५५ वर्षीय जीवन श्रेष्ठ (कृष्णमान) घाइते भएका छन्। उनको अवस्था मध्यम रहेको प्रहरीले जानएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .