ad ad

बागमती


हेटौंडामा २ करोड बढीको भेपसहित ५ जना पक्राउ

हेटौंडामा २ करोड बढीको भेपसहित ५ जना पक्राउ

नेपालखबर
असार ७, २०८१ शुक्रबार १३:३४, मकवानपुर (हेटौंडा)

हेटौंडामा करिब २ करोड ७० लाख रुपैयाँ बढीको अवैध विद्युतीय चुरोट (भेप)सहित ५ जनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ। प्रहरीले यात्रुबसमा लुकाई ल्याएको अवस्थामा ५८ काटुन अवैध भेप र भेपका फ्लेवरहरू बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

बिहीबार दिउँसो ४ बजेको समयमा प्रहरी उक्त अवैध भेप बरामद गरेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सीताराम रिजालको कमाण्डमा खटिएको प्रहरीले काठमाडौंबाट हेटौँडा हुँदै भारतको दिल्लीतर्फ जाँदै गरेको ना ६ ख ७१६३ नम्बरको यात्रु बसबाट अवैध भेप बरामद गरेको हो। 

प्रहरी उपरीक्षक रिजालका अनुसार बसलाई रोकेर सुरक्षाजाँच गर्दा बसको यात्रु बस्ने सिट माथि सिलिङको भागमा फल्सवटम बनाई भन्सार छलेर ल्याइएको भेप फेला परेको हो।

प्रहरीले बससहित चालक दोलखा जिल्लाको भिमेश्वर नगरपालिका–२ का ३७ बर्षीय सलाम मोक्तान, सहचालक उदयपुर जिल्लाको कटारी नगरपालिका–११ का २७ बर्षीय प्रविन्द्र राना, नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिका–७ का ३० बर्षीय ईन्द्र बहादुर दर्जी, ३० बर्षीय सन्तोष भुसाल र धनकुटा जिल्लाको बेलारा नगरपालिका–१६ का २० बर्षीय राज कुमार हिमाङलाई पक्राउ परेका छन्।

उनका अनुसार भारतीय दूतावासबाट रुट परमिट बनाई विभिन्न ट्राभल एजेन्सीको भिजिटिङ कार्डको प्रयोग गरी नेपाल भारत यात्रुलाई सेवा दिने बहानामा बसमा फल्स बटम बनाई भेप तस्करी गर्ने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .