ad ad

बागमती


काठमाडौँमा वर्षाको सम्भावना कति?

काठमाडौँमा वर्षाको सम्भावना कति?

फाइल तस्बिर : काठमाडौं


नेपालखबर
असार ८, २०८१ शनिबार ७:५८, काठमाडौँ

आज (शनिबार) काठमाडौँ उपत्यकामा पनि वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन्। 

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीका अनुसार दिउँसो तथा राति काठमाडौँ उपत्यकामा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। 

‘यतिबेला (शनिबार बिहान ७:५३ बजे) भने काठमाडौँ उपत्यकाको मौसम आंशिकदेखि साधारणतया बदली (आकाशमा बादल) छ’, उनले भने, ‘उपत्यकामा आज पानी पर्ने सम्भावना ४० प्रतिशत छ।’

उनका अनुसार गएराति पनि काठमाडौँ उपत्यकामा हल्कादेखि मध्यमसम्म वर्षा भएको थियो। 

यसैबीच आज बिहान ५:४५ बजेको रेकर्डमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २१ डिग्री सेल्सियस देखिएको जानकारी पनि मौसमविद् पुडासैनीले दिए।

आज उपत्यकाको अधिकतम तापक्रम भने २९ देखि ३१ डिग्रीसम्म रहने अनुमान गरिएको छ। 

यो पनिमनसुनको प्रभाव: ४ प्रदेशमा वर्षा जारी, कस्तो रहला अबको ३ दिन देशभरको मौसम?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .