ad ad

बागमती


काठमाडौँ उपत्यकामा २४ घण्टादेखि वर्षा जारी, १ स्थानमा धेरै भारी, ७ ठाउँमा भारी वर्षा

आज दिनभर रोकिने सम्भावना छैन : मौसमविद्
काठमाडौँ उपत्यकामा २४ घण्टादेखि वर्षा जारी, १ स्थानमा धेरै भारी, ७ ठाउँमा भारी वर्षा

फाइल तस्बिर : काठमाडौं


नेपालखबर
असार २२, २०८१ शनिबार ७:५७, काठमाडौँ

देशभरका विभिन्न स्थानसँगै काठमाडौँ उपत्यकामा पनि वर्षा जारी छ। 

यस क्रममा विगत २४ घण्टामा काठमाडौँ उपत्यकाका पनि विभिन्न स्थानमा भारी तथा धेरै भारी वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

महाशाखाले शनिबार (आज) बिहान ७:४८ बजे दिएको विवरणअनुसार पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकाका एक स्थानमा धेरै भारी र ७ स्थानमा भारी वर्षा भएको हो। 

महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकाभित्र सबैभन्दा बढी ललितपुरको लेलेमा १२४.८ मिलिमिटर वर्षा भएको छ। सय मिलिमिटरभन्दा माथिको वर्षालाई मौसमविद् धेरै भारी वर्षा भन्छन्। 

यसैगरी ललितपुरकै गोदावारीमा ९५ मिलिमिटर, काठमाडौँको नैकापमा ८६ मिलिमिटर, काठमाडौँकै कीर्तिपुरमा ८५.६ मिलिमिटर, ललितपुरको टीकाथलीमा ६७.६ मिलिमिटर, काठमाडौँको पानीपोखरीमा ६१.२ मिलिमिटर, काठमाडौँकै बबरमहलमा ५८.४ मिलिमिटर र  काठमाडौँकै धापड्याममा ५७ मिलिमिटर वर्षा भएको महाशाखाको विवरणमा उल्लेख छ। 

मौसमविद्को भाषामा ५० मिलिमिटरभन्दा माथिको वर्षालाई भारी वर्षा भनिन्छ।

मौसम महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार विगत २४ घण्टादेखि काठमाडौँ उपत्यकामा वर्षा भइरहेको छ। 

‘आज पनि दिनभर नै रोकिने सम्भावना छैन’, उनले भनिन्, ‘केही बेर रोकिएजस्तो भए पनि फेरि पानी पर्छ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .