ad ad

बागमती


दोलखामा बाढीले ३ घर बगे, होटल सञ्चालिका बेपत्ता

दोलखामा बाढीले ३ घर बगे, होटल सञ्चालिका बेपत्ता

दोलखाको गौरीशङ्कर गाउँपालिका-९, स्थित रोल्वालिङ खोलामा आएको बाढी। तस्बिर : रासस


नेपालखबर
असार २२, २०८१ शनिबार १३:२६, दोलखा

दोलखाको गौरीशङ्कर गाउँपालिका-९ स्थित डोडाङमा अविरल वर्षापछि आएको बाढीमा परेर सोही स्थानका एकजना बेपत्ता भएका छन् भने  तीन वटा घर बगेका छन्।

शुक्रबार राति रोल्वालिङ खोलाको बाढीले रोल्वालिङ पदमार्ग डोडाङमा होटल सञ्चालन गर्दै आएकी ६४ वर्षीया जाङ्मु शेर्पा सम्पर्कविहीन भएकी गौरीशङ्कर–९ का वडाध्यक्ष निमा गेली शेर्पाले बताए।

वडाध्यक्ष शेर्पाका अनुसार बाढीबाट भएको क्षतिको विवरण सङ्कलन भइरहेको छ।

छ्योतछयोत सिमिगाउँका जाङ्मु शेर्पा करिब ३० वर्षदेखि गौरीशङ्कर–९ डोडाङमा होटल व्यवसाय गरिरहेकी थिइन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .