ad ad

बागमती


बागमतीको मुख्यमन्त्रीमा कांग्रेसका लामाले सोमबार दाबी पेस गर्ने

बागमतीको मुख्यमन्त्रीमा कांग्रेसका लामाले सोमबार दाबी पेस गर्ने

सुनिता विष्ट
साउन ६, २०८१ आइतबार १८:२६, हेटाैँडा

बागमती प्रदेशका मुख्यमन्त्रीका लागि नेपाली कांग्रेस संसदीय दलका नेता बहादुर सिंह लामाले सोमबार दाबी पेस गर्ने भएका छन्।

नेकपा एमालेको समर्थनमा लामाले मुख्यमन्त्रीमा दाबी पेस गर्न लागेका हुन्। बागमती प्रदेशमा रहेको माओवादी नेतृत्वको सरकार ढलेसँगै नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखको कार्यालयले संविधानको धारा १६८ को २ बमोजिम मुख्यमन्त्रीमा दाबी पेस गर्नका लागि आह्वान गरेका थिए।

सोही अनुसार लामाले सोमबार मुख्यमन्त्रीको दाबी पेस गर्न लागेका हुन्।

सात राजनीतिक दल रहेको बागमती प्रदेशसभामा कांग्रेस सबैभन्दा ठूलो दल हो।

सात राजनीतिक दल रहेको बागमती प्रदेशसभामा नेपाली कांग्रेसको ३७ र नेकपा एमालेको २७ सिट छ।

दुई दल गरेर लामालाई ६४ सांसदको समर्थन जुट्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .