ad ad

बागमती


बागमतीका नवनियुक्त प्रदेश प्रमुख देवकोटाले गरे पदभार ग्रहण

बागमतीका नवनियुक्त प्रदेश प्रमुख देवकोटाले गरे पदभार ग्रहण

नेपालखबर
साउन १८, २०८१ शुक्रबार १३:२४, हेटौँडा

बागमती प्रदेशका नवनियुक्त प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले आज (शुक्रबार) पदभार ग्रहण गरेका छन्।

गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले देवकोटालाई बागमती प्रदेशको प्रमुखमा नियुक्त गरेका थिए। 

बिहीबार शीतलनिवासमा पद तथा गोपनीयताको शपथ खाएका प्रदेश प्रमुख देवकोटाले आज प्रदेश प्रमुखको कार्यालयमा पदभार ग्रहण गरेका हुन्।

कैलालीका देवकोटा लामो समय नेकपा एमालेमा राजनीति गरेका व्यक्ति हुन्।

उनीसँग एमालेका विभिन्न कमिटीमा काम गरेको अनुभव छ।

केही वर्षअघि भूमि आयोग कैलालीको अध्यक्ष बनेर ५ महिना काम गरेका थिए।

पछिल्लो समय एमाले अनुशासन आयोगको सदस्य रहेका देवकोटा प्रदेश प्रमुख नियुक्त भएसँगै दलगत आबद्धताबाट अलग भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .