ad ad

बागमती


सिमलताल दुर्घटनाको महिना दिनमा पनि भेटिएनन् बस, ३८ यात्रु अझै बेपत्ता

सिमलताल दुर्घटनाको महिना दिनमा पनि भेटिएनन् बस, ३८ यात्रु अझै बेपत्ता

नेपालखबर
साउन २९, २०८१ मंगलबार १३:३६, मकवानपुर (हेटौंडा)

सिमलताल बस दुर्घटनाको एक महिना पूरा भएको छ। नारायणगढ–मुग्लिन सडकअन्तर्गत पर्ने भरतपुर महानगरपालिका–२९, सिमलतालमा दुईवटा यात्रुवाहक बस दुर्घटनामा परेको महिना दिन पूरा भएको हो।

गत असार २८ गते बिहानपख काठमाडौँबाट गौर जाँदै गरेको बागमती प्रदेश०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स बस र वीरगन्जबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश०३–००६ ख १५१६ नम्बरको एन्जल बसलाई सिमलतालमा खसेको लेदोसहितको पहिरोमा परेर त्रिशूली नदीमा बगेका थिए।

उक्त बसमा सवार ३८ यात्रु अझै बेपत्ता छन् भने बसको अवस्थाको पनि अज्ञात छ।

दुईवटा बस काउन्टरको नामावली अनुसार दुई बसमा गरी ६५ जना यात्रु सवार थिए। तीमध्ये तीन जनाले पौडिएर ज्यान जोगाउन सफल भए। 

खोजीकार्यमा २४ शव भेटिए। तर ती शवमा पनि २० जनाको मात्रै सनाखत भयो।

जसमा १५ जना नेपाली रहेका छन् भने ५ जना भारतीय नागरिक रहेको थियो। चितवन प्रहरीका अनुसार बाँकी ४ वटा शव अझै चितवन स्थित सरकारी अस्पतालकै शवगृहमा छ। 

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार अझै कम्तीमा ३८ यात्रु फेला परेका छैनन्।

बेपत्ता बस र यात्रुको खोजी कार्य भने हाल पनि जारी रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक (डीएसपी) भेषराज रिजालले जानकारी दिए।

उनका अनुसार पछिल्लो समय खोजीकार्य जारी रहे पनि उपलब्धि भने भएको छैन।

बेपत्ता बस र यात्रु खोज्न भारतबाट प्राविधिक टोली समेत आएको थियो। 

एक हप्ताका लागि आएको उक्त टोलीले पनि केही फेला पार्न सकेन। 

उक्त टोली साउन १३ गते स्वदेश फर्किएका थिए।

घटनास्थल सिमलताल स्थित त्रिशूली नदीबाट भोर्लेस्थित नारायणी नदीसम्म नेपाली सुरक्षाकर्मीले नियमितरुपमा निगरानी गर्दै आएको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .