देशभरसँगै काठमाडौँ उपत्यकामा पनि आज बिहानैदेखि मौसम बदली भइरहेको छ।
मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् बिनु महर्जनले बिहान साढे ११ बजेतिर दिएको जानकारीअनुसार एक घण्टाअघि देखि काठमाडौँका केही ठाउँमा पानी पनि पर्न थालिसकेको छ।
‘काठमाडौँ उपत्यकामा आज दिउँसोलाई हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना देखिएको छ’, उनले भनिन्, ‘रातिचाहिँ एक/दुई स्थानमा भारी वर्षा पनि हुने सम्भावना छ।’
मौसमविद्ले दिउँसो भन्नाले दिनभर र राति भन्नाले साँझ ६ बजेदेखि भोलिपल्ट बिहान ६ बजेसम्मको अवधिलाई भन्ने गरेका छन्।
240
Shares
प्रतिक्रिया