आज (सोमबार) बिहान पनि काठमाडौँ उपत्यकामा चिसो महसुस भएको छ।
मौसम महाशाखाका मौसमविद् मीनकुमार आर्यालका अनुसार काठमाडौँ उपत्यकामा आज बिहान पनि हिजैको हाराहारीमा चिसो छ। बिहान ५:४५ बजेको मापनमा उपत्यकाको न्यूनतम तापक्रम ६.२ डिग्री सेल्सियस देखिएको हो।
हिजो (आइतबार) पनि उक्त समयमा यत्ति नै न्यूनतम तापक्रम देखिएको थियो। तर बिहान ८:४५ बजेको मापनमा अझ घटेर उपत्यकाको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियसमा झरेको थियो। जुन यस वर्ष अहिलेसम्मकै कम तापक्रम हो।
मौसमविद्का अनुसार आजको आधिकारिक न्यूनतम तापक्रम अहिले बिहान ८:४५ बजे प्रकाशन हुनेछ। तर बिहान ५:४५ बजे लिइएको तापक्रमभन्दा धेरै तलमाथि हुँदैन।
मौसमविद् अर्यालयका अनुसार यतिबेला (सोमबार बिहान) काठमाडौँ उपत्यकाको मौसम आंशिक बदली भएको छ।
‘आज दिनभर यहाँको मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहने सम्भावना छ’, उनले भने, ‘दिउँसो घाम लाग्ने सम्भावना छ।’
देशभरका लागि : तीन प्रदेशका उच्च भूभागमा आज हिउँ पर्ने सम्भावना
Shares
प्रतिक्रिया