ad ad

बागमती


कतिमा झर्‍यो काठमाडौँ उपत्यकाको तापक्रम?

कतिमा झर्‍यो काठमाडौँ उपत्यकाको तापक्रम?

फाइल तस्बिर : काठमाडौं


नेपालखबर
पुस ३, २०८० मंगलबार ८:२३, काठमाडौँ

काठमाडौँ उपत्यकाको मौसम अहिले बिहान आंशिक बदलीको अवस्थामा रहेको मौसमविद्ले बताएका छन्। 

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालका अनुसार अहिले काठमाडौँ उपत्यकाको आकाशमा अलिअलि बादल देखिएको छ। घाम पनि लागिरहेको छ। यसलाई आंशिक बदली भनिन्छ। 

यस्तै काठमाडौँ उपत्यकामा अहिले हल्का हुस्सु पनि लागिरहेको छ। ‘अहिले भिजिबिलिटी (पारदर्शिता) ४५ सय मिटर छ’, मौसमविद् अर्यालले भने, ‘तर यो हुस्सु घाम लाग्दै जाँदा हट्दै जान्छ।’

उनका अनुसार आज दिनभर काठमाडौँ उपत्यकाको मौसम सामान्यतया सफा (आकाश खुला) नै रहने सम्भावना छ। 

यसैबीच आज बिहान ५:४५ बजेको मापनअनुुसार काठमाडौँ उपत्यकाको ५.५ डिग्री सेल्सियस देखिएको छ। ‘तर आजको आधिकारिक न्यूनतम तापक्रम अहिले बिहान ८:४५ बजे आउँछ’, मौसमविद् अर्यालले भने। 

यस्तै आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियससम्म हुने देखिएको जानकारी मौसमविद् अर्यालले दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .