ad ad

बागमती


आज किन उक्लियो काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम?

आज किन उक्लियो काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम?

फाइल तस्बिर : काठमाडौं


नेपालखबर
पुस ६, २०८० शुक्रबार ६:५९, काठमाडौँ

केही दिनयता निरन्तर आरोलो लागिरहेको काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आज (शुक्रबार) भने केही उक्लिएको छ। 

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार आज बिहान ५:४५ बजे मापन गर्दा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ५.६ डिग्री सेल्सियस देखिएको हो।

यो हिजो  (बिहीबार) को भन्दा १.१ डिग्री सेल्सियस बढी हो। हिजो बिहान ८:४५ बजेको मापनमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ४.५ डिग्री सेल्सियस थियो। 

‘राति आकाश खुला भयो भने न्यूनतम तापक्रम घट्छ भने राति आकाश बादलले ढाक्यो भने न्यूनतम तापक्रम केही बढ्छ’, मौसमविद् लामिछानेले भने, ‘गएराति आकाशमा बादल लागेको थियो, त्यसैले हिजोको तुलनामा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आज केही बढेको हो।’

त्यसो त आजको आधिकारिक न्यूनतम तापक्रम अहिले बिहान ८:४५ बजे मापन गरिन्छ। त्यतिबेला अहिलेको भन्दा केही प्वइन्ट मात्र घट्ने सम्भावना हुन्छ। 

यस्तै आज काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियसको बीचमा रहने अनुमान गरिएको मौसमविद् लामिछानेले बताए। 

२४ घण्टामा सबैभन्दा कम तापक्रमलाई त्यस दिनको न्यूनतम र २४ घण्टामा सबैभन्दा बढी तापक्रमलाई त्यस दिनको अधिकतम तापक्रम भनिन्छ। बिहान ८:४५ भित्र न्यूनतम तथा साँझ ५:४५ भित्र अधिकतम तापक्रम मापन गरिन्छ।  

मौसमविद् लामिछानेका अनुसार यतिबेला काठमाडौँ उपत्यकाको मौसम आंशिक बदलीदेखि सामान्यत सफा छ। यस्तो भनेको आकाशमा अलि अलि बादल हुनु हो। ‘आज दिनभर काठमाडौँ उपत्यकाको मौसम यस्तै रहने अनुमान छ’, उनले भने। मौसम यस्तो भएको बेला घाम लाग्छ। 

अहिले केही बेरपछि काठमाडौँ उपत्यकामा हुस्सु लाग्ने सम्भावना रहेको जानकारी पनि मौसमविद् लामिछानेले दिए। ‘तर घाम लाग्दै गएपछि हुस्सु पनि हट्दै जान्छ।’

देशभरका लागिआजको मौसम : चिसो बढ्ने, वर्षा नहुने

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .