ad ad

बागमती


फेरि घट्न थाल्यो काठमाडौँ उपत्यकाको तापक्रम

फेरि घट्न थाल्यो काठमाडौँ उपत्यकाको तापक्रम

नेपालखबर
पुस १५, २०८० आइतबार ७:३५, काठमाडौँ

केही दिनयता बढ्दै गएको काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम फेरि क्रमशः घट्न थालेको छ। 

यही पुस ११ गते ८ डिग्री सेल्सियसम्म उक्लिएको उपत्यकाको न्यूनतम तापक्रम अहिले झन्डै २ डिग्री तल झरेको हो। 

मौसम पूर्वानुमान महाशाखामका मौसमविद् मीनकुमार अर्यालका अनुसार आज बिहान ६:४५ बजे मापन गर्र्दा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ६.६ डिग्री सेल्सियस देखिएको छ।

यद्यपि आजको आधिकारिक न्यूनतम तापक्रम अहिले बिहान ८:४५ बजे आउनेछ। तर त्यतिबेला पनि अहिलेकै हाराहारी अथवा थोरै घट्ने सम्भावना हुन्छ। 

हिजो (शनिबार) काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ६.७ डिग्री सेल्सियस थियो। 

मौसमविद् अर्यालयका अनुसार आज पनि काठमाडौँ उपत्यकामा घाम लाग्ने सम्भावना छ। ‘दिउँसोतिर आकाशमा कतै कतै बादल पनि देखिनसक्छ’, उनले भने। 

देशभरिका लागिमौसम पूर्वानुमान : उच्च भूभागमा हिमपातको सम्भावना, तराईमा हुस्सु र कुहिरो

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .